"ग्रामीण महिलाका लागि उत्पादन ऋण व्यवस्था कार्यक्रम" को रुपमा आ.व. २०३९।०४० मा शुरु भएको महिला विकास अभियान कार्यक्रमहरुबाट प्राप्त उपलव्धी, अनुभव र समसामयिक आवश्यकताका आधारमा २०५२ असोज ६ गते " महिला तथा समाज कल्याण मन्त्रालय" को स्थापना भयो । महिला तथा समाजका विभिन्न वर्गको सामाजिक, आर्थिक तथा राजनीतिक सशक्तिकरण गर्दै दिगो शान्ति एवं विकासमा उनीहरुको भूमिकालाई सशक्त बनाउने कार्यमा संलग्न महिला तथा समाज कल्याण मन्त्रालयको नाम बालबालिकालाई अझ उच्च प्राथमिकता दिने हेतुले २०५७ मा मन्त्रालयको नाम परिवर्तन गरी "महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालय" नामाकरण गरियो । हाल ७५ बटै जिल्लामा महिला तथा बालबालिका कार्यालय मार्फत मन्त्रालयले आफ्ना कार्यक्रमहरु संचालन गर्दै आई रहेको छ ।
नेपाल सरकार (कार्य विभाजन) नियमावली, २०६९ आनुसार महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयको कार्यक्षेत्र भित्र महिला, बालबालिका तथा समाज कल्याण सम्बन्धी नीति, योजना तथा कार्यक्रमको तर्जुमा, कार्यान्वयन, अनुगमन र मूल्यांकनको साथै अध्ययन, अनुसन्धान तथा सर्वेक्षणका विषयहरु तोकिएका छन् । यसैगरी अनाथ बालबालिका, असहाय महिला, बृद्धरबृद्धा, अपाङ्गरअशक्तको संरक्षण, बालबालिकाको कल्याण, ज्येष्ठ नागरिकको सुरक्षा र कल्याण, महिला कल्याण तथा सीप विकास पनि यस मन्त्रालयको कार्यक्षेत्र भित्र पर्दछन् । यस मन्त्रालयको दायरा भित्र राष्ट्रिय महिला आयोग, समाज कल्याण परिषद्, समाज कल्याण केन्द्र बृद्धाश्रम र बाल मन्दिरका विषयहरु पनि पर्दछन् ।