१. कार्यालय प्रमुखले आफू समक्ष निर्ण्र्ााा लागि पेश हुन आएका विषयमा सो को गाम्भीरतालाई मनन् गरी सकेसम्म सोही दिन निर्ण्र्ाागरिदिने ।
२. उपलव्ध कर्मचारी संख्या र कार्यालयको कार्यवोझ एकिन गरी कर्मचारीलाई जिम्मेवारी तोकीदिने ।
३. आवश्यकता अनुसार मातहतका कर्मचारीहरुलाई अधिकार प्रत्यायोजन गर्ने ।
४.कार्यालयको अभिलेख प्रणालीलाई जिम्मेवारी तोकी व्यवस्थित व्यवस्थापनका लागि आवश्यक प्रवन्ध मिलाउने
५.चालक अनुमति पत्र सम्वन्धि कार्यको सम्वन्धमा परीक्षा समितिको बैठक बोलाउने, उक्त बैठकको अध्यक्षता गर्ने, प्रश्नपत्रहरु सुरक्षित राखी आवश्यकता अनुसार प्रयोगमा ल्याउने, लिखित तथा प्रयोगात्मक परीक्षाको संचालनको व्यवस्था मिलाउने, परीक्षा समितिको सिफारिस अनुसार चालक अनुमति पत्र जारी गर्ने, अधिकार प्रत्यायोजन भएकामा वाहेक स.चा.अ.प. नविकरण गर्ने, प्रतिलिपि प्रदान गर्ने, होलोग्राम सुरक्षित राख्ने र आवश्यकता अनुसार प्रयोगमा ल्याउने व्यवस्था मिलाउने ।
६. कार्यालयमा प्राप्त राजश्वको म.ले.प. फारमहरुको ढाँचामा अभिलेख राखि प्रमाणीत गर्ने र सो को आवधिक प्रतिबेदनहरु तयार गर्राई प्रमाणित गरि विभाग तथा अन्य सम्वन्धित निकायहरुमा उपलव्ध गराउने ।
७.कार्यालयमा सम्पादन गरिएका सम्पर्ूण्ा कार्यहरुका सम्वन्धमा मासिक, चौमासिक, वाषिर्क प्रगति प्रतिवेदनहरु निर्धारित समयमा नै विभागमा उपलव्ध गराउने ।