नेपालमा खाद्यान्न कारोवार र त्यसको आपूर्तिको संस्थागत व्यवस्था सरकारी स्तरमा तत्कालिन राणा प्रधानमन्त्री जंग बहादुरको पालामा भएको पाइन्छ । गुठी र रैकर जग्गाहरुबाट तिरो भरोका रुपमा त्यसवेला जिन्सीधाननै संकलन हुने प्रचलन थियो । संकलित धान जभी र निजामति कर्मचारीहरुका अतिरिक्त धार्मिक कार्यहरु र पाकशालामा उपलब्ध गराउनको लागि थापाथलीमा रशद गोदाम अड्डा -हाल अंचल कार्यालय रहेको स्थान)को स्थापना गरी त्यसको प्रमुखमा प्रधान सेनापति रहने ब्यवस्था भएको देखिन्छ ।
वि.सं. १९९० सालको महाभूकम्पबाट पीडित जनताको राहतको लागि आवश्यक खाद्यान्न उपलब्ध गराउने कार्यमा यस अड्डाले महत्वपूर्ण भूमिका खेलेको थियो । राजधानीमा क्रमशः जनसंख्याको चापमा भएको बृद्धिले उपत्यकाको उत्पादन अपर्याप्त हुनजाने देखिएकोले खाद्यान्न अभाव हुन नदिन मेचीदेखि बाञकेसम्मका तर्राई क्षेत्रहरुबाट प्रति वर्ष २ हजार मन चामल झिकाउने ब्यवस्था मिलाइएको थियो । राजधानी प्रतिको मोह र आकर्षाले बसाई सराई निरन्तरताले गर्दा जनसंख्याको चापमा हुन गएको बृद्धिले गर्दा तत्कालिन खाद्यान्न आपूर्तिको सरकारी प्रयासहरु अपर्याप्त भएको महशुस गरी