Prabhu Management Pvt. Ltd.

सर्वप्रथम त, म तँपाईहरु सबैलाई हाम्रो संजालमा स्वागत गर्दछु । राष्ट्रिय र अन्तराष्ट्रिय क्षेत्रमा लामो समय देखी प्रभु ग्रुपले नेपाली दाजुभाई तथा दिदीबहिनीहरु माझ अत्याधुनीक, प्रविधियुक्त, र विश्वासनीय बिप्रेषण (Remittance), बैकिङ्ग र अन्य वित्तीय सेवा सुविधा उपलब्ध गराउँदै आएको कुरा यहाहरु सबैमा विदितै छ । एकातिर हामीले विश्वका विभिन्न ठाउँहरुमा छरिएर रहेका नेपालीहरु माझ पुगी वहाहरुले आर्जन गरेको रकमलाई बैकिङ्ग प्रणाली मार्फत सरल रुपमा नेपाल भित्राएका छौ भने अर्को तर्फ नेपालकै एक स्थान देखी अर्को स्थानसम्म सुरक्षीत रकम स्थानान्तरणको सेवा सहकारी सस्ंथाहरु मार्फत गर्दँ आईरहेका छौं । "PRABHU is a Complete Financial Solution" भन्ने मुल मन्त्रका साथ प्रभु ग्रुपले प्रभु बैंक, प्रभु इन्स्योरेन्स, प्रभु मनि ट्रान्सफर, प्रभु को–अपरेटिभ सभिर्स लगायत थुपै् संस्थाहरु मार्फत वित्तिय सेवा सुविधाहरु उपलब्ध गराईरहेको कुरा तपार्इंहरुका अगाडि छर्लङ्ग छ । प्रभु म्यानेजमेन्ट मार्फत हामीले सम्पूर्ण सहकारी संस्थाहरुलाई अत्याधुनिक र जोखिमरहित लेखा प्रणालीका लागि "PRABHU Co-Operative Solution [Co-Operative Software]" निःशुल्क रुपमा प्रदान गरी रहेका छाें । यसका अतिरिक्त हामीले सहकारीको माघ्यम बाट "Debit Card" को पहुच सर्वसाधारणसम्म पुर्याउदै ePrabhu.com मार्फत विभिन्न सुविधा उपभोग गर्न सक्ने व्यवस्था मिलाएका छाें । हामीले प्रभु ग्रुपको संजाल मार्फत उपरोक्त सेवाका अतिरिक्त टेलिफोन, विधुत र अन्य उपयोगि सेवाको बिल/महशुल भुक्तानीका साथै विभिन्न एयरलाइन्स लगायतका सेवाहरु सबैले लिन सक्ने गरी विविधीकृत र नयाँ सेवा सुविधाहरु उपलब्ध गराई राखेका छाें ।
Address Line 1
Gairidhara Rd, Kathmandu, , , ,
Unique Pageviews
1,090